

दलका उम्मेदवार र प्रतिनिधि बन्ने पत्रकारको सदस्यता खारेज गर्ने महासङ्घको चेतावनी



काठमाण्डौ
नेपाल पत्रकार महासङ्घले विभिन्न राजनीतिक दलका सङ्गठनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले भइरहेका चुनावमा पत्रकार महासङ्घका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
पत्रकार महासङ्घको विधानले पत्रकार महासङ्घका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको सम्झाउँदै महासङ्घले विधान विपरीत राजनीतिक दलका सङ्घ–सङ्गठनमा रहेर काम गर्ने पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता नै खारेज गर्नेसम्मको चेतावनी दिएको छ । कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने महासङ्घले स्मरण गराएको छ ।
अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको विभिन्न तहमा अधिवेशन चलिरहेको छ । दलका अधिवेशनमा पत्रकार महासङ्घका सदस्यहरू नै उम्मेदवार बनेपछि आलोचना भइरहेको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया