पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा कपिलवस्तुमा एक घण्टा चक्काजाम

सुशील गैरे/कपिलवस्तु

पेट्रोलियम पदार्थका भएको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीले एक घण्टा चक्का जाम गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संघठन कपिलवस्तुले बुद्धभुमिको गोरुसिङ्गे अर्घाखाँची चोकमा आइतबार एक घण्टा चक्काजाम गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मृल्य बृद्धि तत्काल फिर्ता नलिएसम्म आन्दोलन गरि रहने अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिष्णु बहादुर रावतले बताए । विप्वल नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिका विरुद्ध कात्र्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया

खबर सबै