

आज भाईटिका



काठमाडौँ । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ । यसबर्ष भाई टिकाको उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।
साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ । दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।
पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मान पुर्बक पुजाआजा सहित भाईटिका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ । टिकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ । दिदी बहिनीले टिका लगाई दिएपछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गरिन्छ ।
भाइटीकाका दिन भाइलाई दिदीबहिनीले कालको मुखबाट समेत बचाइ दिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा आराम गर्न र टीका लगाउन आउने पौराणिक विश्वास छ । यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गरिन्छ ।
दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया