

सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा शाही निर्वाचित



थानेश्वर अधिकारी,कपिलवस्तु । सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा आगामी २ बर्षका लागी सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । आज सम्पन्न संस्थाको २५ र्आैं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही सर्व सहमतीबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।
जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्ष शोभा आचार्य निर्वाचित भएकी छन् भने कार्य समिति सदस्यहरुमा रोमकान्त घिमिरे, देवकला वि.क.,सीता खनाल, चेतना अधिकारी, इन्दिरा भट्टराई र गोविन्द खनाल निर्वाचित भएका छन् यसै गरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी,सिता पंगेनी, ईशा जि.सी. र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् ।
अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिलाल शर्मा द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ । सो कार्यक्रममा सदस्य रुकैया खातुन,पुर्व अध्यक्ष टंक प्रसाद आचार्य, पोमनारायण पौडेल,संविधान सभा सदस्य बलराम अधिकारी, सागर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशन सम्पन्न गर्न संस्थापक तथा पुर्व अध्यक्ष सागर श्रेष्ठ,टंकप्रसाद आचार्य,पोमनारायण पौडेल,टिकाराम पौडेल र गुणनिधि भुसाल सहितको ५ सदस्सिय निर्वाचन मण्डल गठन गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता , संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको छ । २०५२ सालमा स्थापना भएको यो संस्थाले अहिले बिभिन्न विकास साझेदार संस्थाहरुको समन्वयमा अहिले लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यक्रमहरु संचालन गरिरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया