एमालेको राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय

बुटवल ।
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन स्थल चितवन सार्ने निर्णय गरेको सचिव गोकर्ण विष्ट जानकारी दिए ।

यसअघि विधान महाधिवेशनले बुटवलमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मंसिर १०–१३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

खबर सबै