हैजा महामारी : समुदाय को अवस्था बुझ्न सुआहारा प्रादेशिक टीम समुदायमा

कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको हैजा महामारी नियन्त्रण गर्न कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा संचालित सुआहारा दोस्रो परियोजनाका प्रादेशिक वरिष्ठ संयोजक भरत शर्माको नेतृत्वमा प्रदेश वास संयोजक मंगलदास दुवाल, कृषि संयोजक अर्जुन श्रेष्ठ, फिल्ड संयोजक कमला सापकोटा र स्वास्थ्य तथा पोषण अधिकृत बिजेन्द्र बन्जाडे लगायतको टीम ले समुदायको अवस्था बुझ्नुभएको छ ।

सुआहाराले हैजा नियन्त्रण का लागि माइकिंग, पीयूष उपलब्ध गराएको, गाउँ गाउँ मा जनचेतना जगाउने काम, पोष्टर पम्पलेट, घरभेट परामर्श जस्ता विभिन्न क्रियाकलापहरु गरी रहेको फिल्ड संयोजक कमला सापकोटाले बताउनु भयो ।

पियूष, पानी टेस्ट किट, जनसचेतना कार्यक्रम को लागि थप कार्यक्रम गर्न को लागि नगर प्रमुख रजत प्रताप शाह ले सुआहारा प्रदेश संयोजक भरत शर्मा संग अनुरोध गरेको पालिका पोषण सहजकर्ता पृथीपाल तेलीले बताएका छन् ।

प्रतिक्रिया

खबर सबै