

मुगु दुर्घटनाप्रति प्रचण्डद्वारा दु:ख व्यक्त, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न माग



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुगुमा हिजो भएको बस दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन् ।
एक विज्ञप्तिमार्फत प्रचण्डले देशका विभिन्न भागमा भएका सडक दुर्घटना ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।
‘नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको देखिन्छ’, प्रचण्डले भनेका छन्, ‘यसको साथै चाडपर्वहरूमा क्षमताभन्दा बढी यात्रुहरूको ओसारपसारले पनि यस्ता घटना बढ्न पुगेका छन् ।’
उनले सवारी दुर्घटना न्यूनीकरण गर्न सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन् । चाडपर्वको बेला दुर्घटनामा परी मृत्यु भएका नागरिकहरुमा दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया