

एमालेले माग्यो लेखा समितिको सभापतिको राजीनामा



काठमाडौं
प्रमुख प्रतिपक्ष नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ ।
२०७४ को आम चुनावपछि प्रमुख प्रतिपक्षी दलको हैसियतमै कांग्रेसले यो समितिको सभापति पाएको थियो, भरतकुमार शाह सभापति छन् । तर अहिले कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ भने एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।
समितिको आइतबार बसेको बैठकमा एमाले सांसदद्वय गोकुल बास्कोटा र राजेन्द्रप्रसाद गौतमले संसदीय परम्परा र नेपालको अभ्यास अनुसार पनि लेखा समितिका सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन् । सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गर्दै समितिका सभापति शाहले राजीनामा दिनुपर्ने बताए ।
अर्का सांसद गौतमले पनि संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने बताए । सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने ठाउँ समिति भएको भन्दै उनले भने, ‘यसको अगुवाई र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ ।’
लेखा समितिका सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिएका छन् । विगतमा लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको भन्दै उनले भने, ‘यो विषयको उठान गर्नु विपक्षको धर्म हो । यसले प्रजातन्त्र सुदृढ हुन्छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया