

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीद्धारा शुभकामना आदान प्रदान



कपिलवस्तु।
बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समुह बाणगंगा १ उप्टहवा कपिलवस्तुको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा हिन्दु नेपालीहरुका महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देही अन्तर्गत फिल्ड कार्याल कपिलवस्तुका ईन्जिनियर तिलक न्यौपानेलाई विदाई गरिएको थियो । ईन्जिनियर न्यौपानेले कपिलवस्तु जिल्लामा रहेक काम गर्दा यस खानेपानी प्रति गरेको भुमिका तथा योगदानको बारेमा चर्चा गर्दै हाल उहाँ कार्यको शिलशिलामा बांके बर्दिया जिल्ला हेर्नेगरि सरुवा हुनुभएकोमा उहाँको सफलताको कामना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईन्जिनियर न्यौपानेले कपिलवस्तुमा कार्य गर्दा यस खानेपानी संस्था उपभोक्तालाई गुणस्तरिय खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ लागिपरेको पाएको बताए । उनले कामको शिलशिलामा जहाँ भए पनि यस खानेपानी र संस्थाका कार्यसमितिलाई आवश्यक सल्लाह सुझाव दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका सह सचिव चिरञ्जिवी पन्त, कार्यसमिति सदस्य बिष्णु राना, सल्लाहकार घनश्याम घिमिरे, सल्लाहकार केशव आचार्य, माधवराज गौतम, अनुगमन समिति सदस्य टेकेन्द्र कुमार क्षेत्री, सल्लाहकार टिकाराम पौडेल, सल्लाहकार तथा हर्ट विट एफका निवर्तमा अध्यक्ष कृष्ण प्रसाद भट्राई, लेखा समिति सदस्य हरिलाल शर्मा, अनुगमन समिति संयोजक बालाराम ज्ञवाली, हर्ट विट एफ.एम.का सहायक स्टेशन म्यानेजर हरि आचार्य लगायतले शुभकामना व्यक्त गर्दै विदाई जाने ईन्जिनियर न्यौपानेको सफलताको कामना गरेका थिए । विदाई हुने ईन्जिनियर न्यौपानेलाई खादा तथा मायाको चिनो प्रदान गर्दै खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहले उहाँको योगदान अविष्मरणि रहेको बताए । अध्यक्ष शाहले उपभोक्तालाई सहज रुपमा खानेपानी उपलब्ध गराउन कार्यसमिति लागिपरको बताए । उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । समितिका उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत तथा लेखा समिति संयोजक कमल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया