कपिलवस्तुको जैद बिन सावित मदरसामा शैक्षिक सामाग्री वितरण

कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको छ ।

नाजिम समिम अहमद खांको अध्यक्षता तथा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको प्रमूख अतिथ्यता सहित कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थीको विशिष्ठ आतिथ्यताका बिच सो सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य जाहिर आजाद, मौलाना असलम मदनी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष महशुद खाँ नेपालीले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउदै शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए ।

यस्तै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थीहरू पढाईका साथ साथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्नेमा सचेत गराए ।
यस्तै कार्यक्रममा बोल्दै नाजिम समिम अहमद खांले विद्यार्थीको शैक्षिक विकासमा आफूहरूबाट हुने सहयोग रहने बताउदै शैक्षिक सामाग्री विद्यार्थीका लागि आवस्यक रहेको बताए ।

जैद बिन सावित मदरसा का प्रधानाध्यापक तारिक रियाज, डा. सहिद अहमदअसरी, अब्दुल नूर सिराजी, मौलाना फज्लेहक मदनी, इरफान नौमानी,अब्दुल हसिफ, मौलाना अब्दुल रसिद मदनी लगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।

प्रतिक्रिया

खबर सबै