कपिलवस्तुको सुद्धोदन गाउपालिकामा एकै साथ ४ स्वास्थ्य चौकीमा एम्बुलेन्स 

कपिलवस्तु । कपिलवस्तुको सुद्धोदन गाउपालिकामा एकै साथ ४ स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गाउपालिकाले एकै पटक ४ वटा एम्बुलेन्स खरिद गरी ४ वटा बाडमा रहेको स्वास्थय चौकीलाई हस्तान्तरण गरेको हो । यससंगै पालिकामा रहेको ६ वटै वडाका स्वास्थ्य चोकीमा एम्बुलेन्सको सेवा पुगेको छ । पालिकामा रहेका जनताको स्वास्थ्य सेवामा पहुच बढाउन गाउपालिकाले एकै पटक चार एम्बुलेन्स चार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो । पालिको वडा नम्बर १, २, ४ र ५ वडामा रहेको स्वास्थ्य चौकीलाई सोमवार एक समारोहका बिच एम्बुलेन्स हस्तान्तरण गरिएको हो । गाउपालिका प्रमुख निशार अहमद खा, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सो एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए । यो चार एम्बुलेन्ससंगै पालिकाका सबै वडामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्सको पहुच पुगेको गाउपालिका प्रमुख निशार अहमद खाले बताए ।

प्रतिक्रिया

खबर सबै