

उपाध्यक्ष मौलाना मशहूद र अल्कुफीद्धारा संविधान दिवसको शुभकामना, संविधान कार्यन्वयनमा ध्यान दिन आग्रह



कपिलवस्तु
असोज ३ गते अर्थात संविधान दिवस । २०६२-६३ कोे जनआन्दोलनको राजनीतिक परिवर्तन पछिको दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज
विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै
मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरेका छन्।
साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुपर्ने बताए । शुभकामना सन्देशमा नेपालीले आफ्नो वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको खां ले बताएका छन् । साथै संविधानमा रहेको जनता को हक अधिकार कार्यन्वयनमा जोड दिनु पर्ने कुरा बताए ।
राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले संविधान दिवस को अवसरमा नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताएका छन् ।राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की ले समेत संविधान दिवस को शुभकामना व्यक्त गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया