

कपिलवस्तुको चप्परगाउँमा ट्रक्कको ठक्करबाट एकको मृत्यु, दुई जना घाईते



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। पुर्वबाट पश्चिम तर्फ आइरहेको ग १ त ५६०३ नम्बरको ट्रकले बाणगंगाका वडा नम्बर ७ चप्परगाँउमा टक्कर दिँदा वडा नम्बर ८ ढोडेकोल बस्ने १५ वर्षिय सुदिप थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
यस्तै ट्रकको ठक्करबाट थप दुई जना घाईते भएका छन् । सोही स्थानका कमल चौधरी र शुसान्त चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भईरहेको छ । उनीहरुको अवस्था समान्य रहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय पिपराले जानाएको छ ।सो दुर्घटना आज बिहान सवा ५ बजे भएको हो । घटनाका विषमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक सुदिप थारु सहित घाइते भएका कमल र शुसान्त बाणगंगा मावि लाैगाइमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया