कपिलवस्तुको चप्परगाउँमा ट्रक्कको ठक्करबाट एकको मृत्यु, दुई जना घाईते

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। पुर्वबाट पश्चिम तर्फ आइरहेको ग १ त ५६०३ नम्बरको ट्रकले बाणगंगाका वडा नम्बर ७ चप्परगाँउमा टक्कर दिँदा वडा नम्बर ८ ढोडेकोल बस्ने १५ वर्षिय सुदिप थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

यस्तै ट्रकको ठक्करबाट थप दुई जना घाईते भएका छन् । सोही स्थानका कमल चौधरी र शुसान्त चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भईरहेको छ । उनीहरुको अवस्था समान्य रहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय पिपराले जानाएको छ ।सो दुर्घटना आज बिहान सवा ५ बजे भएको हो । घटनाका विषमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक सुदिप थारु सहित घाइते भएका कमल र शुसान्त बाणगंगा मावि लाैगाइमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन ।

प्रतिक्रिया

खबर सबै