

अन्तराष्ट्रिय साक्षरता दिवस : बाणगंगामा निबन्ध लेखन प्रतियोगिता



कपिलवस्तु ।
बाणगंगामा अन्तर्राष्ट्रिय साक्षरता दिवस निवन्ध लेखन प्रतियोगिता गरि मनाईएको छ । नगरपालिकाले नगर स्तरीय माध्यमिक तहको निवन्ध लेखन प्रतियोगिता आयोजना गरि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको हो ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान समेत गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका माध्यमिक तहका विधार्थीहरुबीच “प्रविधि मैत्री शिक्षा आजको आवश्यकता” भन्ने विषयमा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा बाणगङ्गा मा.वि. लौगाईकी अपेक्षा घिमिरे प्रथम, जनता मा.वि पिपराकी शिक्षा अर्याल द्धितीय, होराइजन मा.वि. सिद्धिपुरका करुण घिमिरे तृतीय र अन्नपूर्ण मा.वि कोपवाकी रोशनी थारुले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगाका नगर प्रमुख मंगलप्रसाद थारुले विधार्थी जीवन आफैमा अनुशासीत र मेहन्त गर्ने समय भएकाले कुशलता पूर्वक शिक्षा ग्रहण गर्नुपर्ने बताउनुभयो । शिक्षाको गुणस्तरीयता कायम गर्न नगरपालिकाले थप लगानी गर्न तयार रहेको र विधार्थीलाई शिक्षा ग्रहण गर्ने राम्रो वातावरणको सिर्जना गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणि अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई लगायतले सम्पुर्ण उत्कृष्ट विद्यार्थीलाई नगद, सम्मान पत्र प्रदान गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया