जसपा कपिलवस्तुले दशवटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

कपिलवस्तु ।
जनता समाजावदी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले पार्टीको संगठन विस्तारका कार्यक्रम संचालन गर्ने जनाएको छ । जसपा नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको

पार्टी संङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान २०७८ एबं पार्टीको प्रथम पुर्ण बिस्तारित बैठकको पुर्ब सन्ध्यामा जिल्लाको सदरमुकाम तौलिहवामा सोमबार बसेको बैठकले सो निर्णय गरेको जसपा कपिलवस्तुले जनाएको हो ।

यही भदौ २६ गते शनिबार देखि जिल्लाका दशवटै स्थानीय तहमा पार्टीका भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने सो बैठकले निणर्य गरेको जसपा जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

यस्तै आगामी असोज २ गते जिल्ला पार्टीको संयोजन तथा घोषणाको तयारी पनि गरिएको जनाइएको छ । यस्तै जिल्ला पार्टीको संयोजनको लागि सहजीकरण गर्नका लागि जसपा केन्द्रीय सदस्य एबं केन्द्रीय अनुशासन आयोगका प्रमुख नरसिंह चौधरी , पार्टीका केन्द्रीय सदस्य नारायण खनाल र पार्टीका लुम्बिनी प्रदेशका उपाध्यक्ष डा.अब्दुल रसिद खान लाइ अनुरोध गरिएको जसपा कपिलवस्तुले जानकारी दिएको छ ।

प्रतिक्रिया

खबर सबै