भूमिसुधार कार्यालय कपिलवस्तुका ज्येष्ठ कर्मचारी पौडेल सम्मानित

कपिलवस्तु ।

कपिलवस्तु स्थित जिल्ला मालपोत कार्यालयले उत्कृष्ट कर्मचारीको रूपमा बोधिराम पौडेललाई सम्मान गरेको छ । पछिल्लो २६ वर्ष देखि कपिलवस्तु स्थित भूमिसुधार कार्यालय तौलिहवामा कार्यरत पौडेललाई मंगलबार कुशे औशि तथा बुवाको मुख हेर्ने दिनको अवसरमा सम्मान गरिएको हो ।
जिल्ला मालपोत कार्यलय कपिलवस्तुले आयोजना गरेको एक कार्यक्रममा कार्यालयमा कार्यरत ज्यष्ठ कर्मचारी पौडेल सम्मानित हुनुभएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुर निवासी पौडेल भुमिसुधार कार्यलय कपिलवस्तुमा बि .स . २०४६ सालमा करारमा नियुक्त रहि २०४८ सालमा कार्यलयको निजामती कर्मचारीका रुपमा स्थायी कर्मचारीका रुपमा नियुक्त हुनु भएको थियो ।

उच्च कार्य सम्पादनका रूपमा आज बुबाको मुख हेर्ने दिनको अवसर पारी जेष्ठ कर्मचारीका रूपमा ईमानदार र कर्म निष्ठा पुर्वक कार्य गरेको भन्दै कार्यलय प्रमुख ऋषिराम पौडेलले सम्मान गर्नु भएको हो ।

प्रतिक्रिया

खबर सबै