

लुम्बिनी लर्निङ्ग सेन्टरलाई जापानबाट शत प्रतिशत विद्यार्थीको सिओई प्राप्त



हरि आचार्य, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर स्थित लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.ले जापानबाट शत प्रतिशत विद्यार्थीको सिओई पाएको छ । सेन्टरले गत बर्ष जस्तै जापानका लागि विद्यार्थी भिषा आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुको सि.ओ.ई. आएको जनाएको हो ।
अध्ययनका लागि जापान जान ईच्छुक निवेदन दिएका विद्यार्थीहरु सबैको सि.ओ.ई.आए संगै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । यस सेन्टरमा उक्त भाषा अध्ययन गरेका विद्यार्थीहरुले जापानका ओसाका, फुकुओका लगायत प्रमुख शहरहरुमा आवेदन दिईएकोमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको सेन्टरका जापानिज भाषा विभागिय प्रमुख डिल्लिराज सापकोटाले जानकारी दिनुभयो ।
नाफा भन्दा सदैव विद्यार्थीहरुको भविष्यका लागि आफुहरु लागि परेको सेन्टरका प्रमुख असिम क्षेत्री बताउनुभयो । उहाँले निजि शैक्षिक संस्था भए पनि कहिले पनि नाफामा मात्र जोड नदिएको भन्दै विद्यार्थीहरुको भविष्य साकार पार्नमा सेन्टर प्रतिवद्ध रहेको बताउनुभयो ।
विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेको र नतिजा पनि उत्कृष्ट रहेको भन्दै धेरै विद्यार्थीहरुले रुचाउने गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया