कांग्रेस जिल्ला सभापतिमा मिश्रको दावेदारी

नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशनमा कपिलवस्तु जिल्ला सभापतिमा जिल्ला प्रवक्ता वीरेन्द्र प्रसाद मिश्रको उम्मेद्वारी रहने भएको छ । विगत ४ दशक भन्दा बढी समयबाट कांग्रेसको राजनितिमा सक्रिय रहेका मिश्रले नेपाली कांग्रेस जिल्ला सभापती पदमा उम्मेद्वारी दिने भएका हुन ।

मिश्रका निकट श्रोतका अनुसार, हाल दाबी गरेका सम्पुर्ण नेताहरु मध्ये कोहि सार्वजनिक पदमा रहेका र कोहि अग्रज पुर्व जिल्ला सभापतिहरुनै रहेकाले पार्टीलाई नयां अनुहार र नयां नेतृत्व सहित अगाडि बढाउन आवश्यक देखिएको हुंदा सभापतिमा मिश्रको उम्मेद्वारी रहने उनि निकट श्रोतले जानाएको छ ।

अघिल्ला महाधिवेशनहरुमा, वर्तमान जिल्ला सभापति लगाएत अहिले पनि आकांक्षी रहेका पुर्व जिल्ला सभापतिहरुलाई आफुले पटक पटक सहयोग गरेको हुंदा यसपटक सबैले आफुलाई सहयोग गर्ने अपेक्षा व्यक्त गर्दै पार्टिका सम्पुर्ण अग्रज नेताहरु, शुभचिन्तक, साथीहरु तथा भातृ संगठनका युवा साथिहरुसंग पनि सल्लाह सुझाव लिई सबैलाई उच्च सम्मान गर्दै अधिवेशन थालनी भएपछि सम्पर्क बढाउने मिश्रले बताए ।

कांग्रेसलाई गुटबन्दी रहित स्वच्छ, सबल र एकढिक्का बनाई विपीको सिद्वानतमा आधारित एक बलियो पार्टीको रुपमा स्थापित गर्न सबै नेता तथा कार्यकर्ताहरुले आफुलाई सहयोग गर्नुपर्ने कुरामा जोड दिदै एक व्यक्ति एक पदको धारणालाई पनि अगाडि सार्नुपर्ने उनले बताए । हाल जनप्रतिनिधिको रुपमा रहेका साथीहरुको कार्यव्यस्तता रहने साथै पार्टिको संगठन मजबुत गर्नपनि अन्य साथीहरुलाई संगठनका मुख्य पदहरुमा जिम्मेवारी दिनुपर्नेमा बताए ।

                मिश्रको राजनितिक यात्राः

विगत ४ दशक भन्दा बढी समयबाट विधार्थी राजनिति हुंदै सक्रिय राजनितिमा लागेका मिश्र हालसम्म पनि अनवरत रुपमा राजनितिमा सक्रिय छन । पार्टिको इकाइ सचिव, तरुण दलको जिल्ला सचिव, पार्टिको क्षेत्रिय समिति सदस्य हुदै वडा स्तरबाट क्षेत्र र जिल्ला सम्मको नेपाली कांग्रेस पार्टीको संगठन विस्तारमा लागेका मिश्र २०५४ सालको स्थानिय तहको निर्वाचनमा ३० वर्षको युवा अवस्थामा नै तत्कालिन महेन्द्रकोट गा.वि.स.को अध्यक्षमा निर्वाचित भई कपिलवस्तु जिल्लाको गा.वि.स. महासंघको जिल्ला अध्यक्ष समेत भएर काम गरे ।

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को प्रचार प्रसार समितिको संयोजक रहंदै २०६४ र २०७० को निर्वाचनहरुमा समेत विभिन्न समितिमा रहि कार्य गरेका मिश्र पार्टिको महाधिवेशनहरुमा पनि सधैं सम्मानजनक मत ल्याई पटक पटक महाधिवेशन प्रतिनिधी, साथै निरन्तर १२ बर्ष सम्म निर्वाचित जिल्ला सदस्य रहंदै हाल जिल्ला प्रवक्ताको रुपमा काम गरिरहेका वीरेन्द्र प्रसाद मिश्र, जनता माझ पनि निकै लोकप्रिय नेताको रुपमा परिचित छन ।हालसम्म कुनै पनि व्यवसायमा संलग्न नरहि सधैंभरी जनताको निकट रहि बिशुद्व समाजसेवामा तल्लीन भएकाले राजनिति मिश्रको साधना हो भन्दा फरक नपर्ला ।

उनी एक प्रष्टवक्ता हुनुका साथै सम्भवतः सभापतिका आकांक्षीहरु मध्ये सबैभन्दा युवा नेता पनि हुन । यस अघि सम्पन्न स्थानिय निर्वाचनमा बुद्वभुमी न.पा.को मेयर पदका लागि लोकप्रिय दाबेदार को रुपमा चर्चामा रहेका मिश्र प्रदेश सभा सदस्य पदका लागि पनि बलियो दाबेदार रहि निरन्तर पार्टिलाई एक ढिक्का बनाई गुटबन्दी रहितको स्वच्छ कांग्रेस निर्माण गर्ने नेताको रुपमा परिचित रहेकाले महत्वपुर्ण उम्मेद्वारका रुपमा समेत रहेका छन । मिश्रले यसै मिडिया माफर्त पार्टिका सबै अग्रज, शुभचिन्तक साथीहरु तथा भातृ संगठनका साथीहरुलाई यसपटक आफुलाई सहयोग गर्न आह्वान पनि गरेका छन । हाल मिश्र नेपालि कांग्रेस, कपिलवस्तु जिल्ला कार्यसमितिको प्रवक्ताको रुपमा कार्यरत छन ।

प्रतिक्रिया

खबर सबै