

कपिलवस्तुको बुद्धभूमी ५ मा वार्षिक समिक्षा



बुद्धभुमी नगरपालिकाका वडा नं। ५ ले वार्षिक समिक्षा गरेको छ । बुद्धभुमी नगरपालिका वडा नं। ५ ले वडाबाट गरेका बिकास निर्माण तथा अन्य कामहरुको वार्षिक समिक्षा एक कार्यक्रमका बिच गरेका हो । बुद्धभुमी नगरपालिका वडा नं ५ को राजपुरमा आयोजना गरिएको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा वडाबाट भएका कार्यहरुको बारेमा समिक्षा गरिएको हो ।
वडा नं ५ का अध्यक्ष वेचन प्रसाद यादवको अध्यक्षता तथा नगरपालिका प्रशाकिय अधिकृत राजन कुमार पोख्रेलको प्रमुख अतिथिमा सम्पन्न समिक्षात्मक कार्यक्रममा वडाले सोचे जती काम गर्न नसकेको सहभागीहरुले गुनासो गरेका छन् । सहभागीहरुले वडा तथा नगरपालिकाले बिकास निर्माणमा सोचे जती काम गर्न नसकेको गुनासो गरेका हुन् ।
कार्यक्रमममा बोल्दै पोख्रेलले वडा तथा नगरपालिकाले काम गर्न नसक्नुमा कोभिडले प्रभाव पारेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पोख्रेलले आर्थिक वर्ष ०७७/०७८ मा कोभिड महामारीका कारण बिकास निर्माणका काम लगाएत अन्य कामहरु पनि सोँचे अनुरुप अगाडी बढाउन नसकिएको बताउनु भयो ।
गत आर्थिक वर्षमा आएको महामारीले नगरपालिकाको काममा बाधा गरेको भन्दै अध्यक्ष यादवले चालु आर्थिक वर्षमा भने बिशम परिस्थिती नआए सबै क्षेत्रलाई समेट्ने गरी काम गर्ने योजना बनाएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि र सडकको क्षेत्रमा बिशेष ध्यान पुर्वक काम गरिने बताउनु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया