

कपिलवस्तुमा एक बर्षमा सवा ५ करोडको अबैध सरसामान बरामद



कपिलवस्तु ।
कपिलवस्तुमा सिमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले गत आर्थिक बर्ष २०७७/०७८ मा सवा ५ करोडको अबैध रुपमा भित्राइएका सरसामान बरामद गरेको छ । सीमा सुरक्षा लगातयका आफनो नियमति काम सहीत गत आर्थिक बर्ष सशस्त्र प्रहरीले ५ करोड २३ लाख ८ हजार २७० रुपैयाको अबैध मालसान लगातयका बस्तुहरु बरामद गरेको हो ।
नेपाल प्रहरीले पनि सो अवधिमा ५ करोड ७० लाखको अबैध मालसामान बरामद गरेको थियो । सशस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की अनुसार गत बर्ष भारतबाट चोरी नाका हुदै जिल्ला भित्राइएका १ करोड ६३ लाख ७९ हजारको मालसामान जफत गरी भन्सार बुझाइएको थियो । यस्तै सवारी साधनबाट १ करोड २२ लाख ६७ हजार, अबैधरुपमा भित्राइएको ७६ लाख ७३ हजारको पशुपंक्षी बरामद भएको थियो ।
यस्तै १ करोड १९ लाख ६८ हजार ६४० रुपैया प्रतिन्धित नोट, ३३ लाख ९२ हजार काष्ट तथा बन पैदावार २ लाख १३ हजारको बिस्फोटका पदार्थ, ४ लाख ९३ हजारको नदीजन्य पदार्थ बरामद गरिएको थियो । चोरी तस्कारी र सिमा अपराध रोक्न सशस्त्र प्रहरी र भारतीय एसएसबिले संयुक्त सुरक्षा गस्ती समेत गर्ने गरेको छ ।
गत बर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाई गर्दा सुठौली भन्सारको लक्ष्यको करिब दोब्बर एक अर्ब ५१ करोड तथा कृष्णनगर भन्सारको लक्ष्यको ७ प्रतिशत बढी ५ अर्ब ७३ करोड राजस्व समेत सकलन भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया