कपिलवस्तु उद्योग बाणिज्य संघले बनाउने भयो मास्क बैंक

कपिलवस्तु ।

कपिलवस्तु उद्योग बाणिज्य सघंले मास्क बैंक स्थापना गर्ने भएको छ । मंगलबार सम्पन्न संघको नियमित बैठकले कोरोनाको महामारी अझै फैलने क्रम नरोकिएकाले त्यसको सावधानीका लागि माक्स बैँक स्थापन गर्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष खुमानन्द घिमिरे संयोजक रहने गरी सो माक्स बैंक स्थापना गरिने छ ।

यस्तै सम्पन्न बैठकले भदौ ७ गतेबाट सुरु गरी भदौ १५ गतेभित्र सघंको कार्य क्षेत्रमा क्षेत्रगत समिति गठन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत तोकेको छ । ब्यवसायीहरुलाई कारोबारमा सहज होस भन्नका लागी आइपिएस तालिम सञ्चालन गर्ने पनि आजको बैठकले निर्णय गरेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । बैठकमा संघका सदस्य र उनीहरुका परिवारलाई पनि कोरोना बिरुद्धको खोप ब्यवस्थापनका लागी पहल गर्ने निर्णय भएको महासचिव पौडेलले बताउनुभयो ।

यस्तै बैठकले १२ औँ कपिलवस्तु महोत्सवको पुर्व तयारीका लागी छवि रेश्मी मगर संयोजक रहने गरी बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) र मिना पौडेल सदस्य रहेको पुर्व तयारी समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

खबर सबै