कपिलवस्तुको बुद्धभूमी २ र ४ मा वार्षिक समिक्षा

कपिलवस्तु ।
बुद्धभुमी नगरपालिकाका वडा नं। २ ले वार्षिक समिक्षा गरेको छ । बुद्धभुमी नगरपालिका वडा नं। २ ले वडाबाट गरेका बिकास निर्माण तथा अन्य कामहरुको वार्षिक समिक्षा एक कार्यक्रमका बिच गरेका हो । बुद्धभुमी नगरपालिका वडा नं। २ को गोरुसिङेमा आयोजना गरिएको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा वडाबाट भएका कार्यहरुको बारेमा समिक्षा गरिएको हो ।

वडा नं। २ का अध्यक्ष भेषराज शर्माको अध्यक्षता तथा नगरपालिका उपमेयर मिरा थारुको प्रमुख अतिथिमा सम्पन्न समिक्षात्मक कार्यक्रममा वडाले सोचे जती काम गर्न नसकेको सहभागीहरुले गुनासो गरेका छन् । सहभागीहरुले वडा तथा नगरपालिकाले बिकास निर्माणमा सोचे जती काम गर्न नसकेको गुनासो गरेका छन् ।

कार्यक्रमममा बोल्दै उपमेयर थारुले वडा तथा नगरपालिकाले काम गर्न नसक्नुमा कोभिडले प्रभाव पारेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थारुले आर्थिक वर्ष ०७७/०७८ मा कोभिड महामारीका कारण बिकास निर्माणका काम लगाएत अन्य कामहरु पनि सोँचे अनुरुप अगाडी बढाउन नसकिएको बताउनु भयो ।

गत आर्थिक वर्षमा आएको महामारीले नगरपालिकाको काममा बाधा गरेका भन्दै उपमेयर थारुले चालु आर्थिक वर्षमा भने बिशम परिस्थिती नआए सबै क्षेत्रलाई समेट्ने गरी काम गर्ने योजना बनाएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि र सडकको क्षेत्रमा बिशेष ध्यान पुर्वक काम गरिने बताउनु भयो ।

यसैबिच बुद्धभुमी नगरपालिका वडा नम्बर ४ ले पनि वार्षिक समिक्षा गरेको छ । वडा अध्यक्ष पवन कुमार थारुको अध्यक्षता तथा निकिसा त्रिपाठीको प्मुख आतिथ्यतामा सम्पन्न समिक्षात्मक कार्यक्रममा पनि काम सोँचे अनुरुप काम नभएको गुनासो आएको छ ।

चालु आर्थिक वर्षमा वडा नम्बर ४ मा रहको ताललाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न बिशेष योजनाका साथ अघि बढिने र अन्य बिकास निर्माणका कार्यहरुलाई तिब्रता दिने बताइएको छ ।

प्रतिक्रिया

खबर सबै