

राताम्मे शेयर बजार


काठमाण्डाै
हप्ताको पहिलो दिन शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । उत्पादन र माइक्रो फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से २४ दशमलव ८८ अङ्कले घटेर तीन हजार एक सय ५४ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।
आज नेप्से घटे पनि कारोबार रकमले भने नयाँ कीर्तिमान बनाएको छ । आज दुई सय २२ कम्पनीका तीन करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन् । यो नेपाली शेयर बजारको इतिहासमा एक दिन भएको सबैभन्दा उच्च कारोबार हो । यसअघि दैनिक कारोबार २० अर्ब रुपैयाँभन्दा धेरै पुगेको थिएन ।
आज सबैभन्दा धेरै नेपाल बैंकको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोको शेयर सबैभन्दा धेरै साढे आठ प्रतिशतले घटेको छ । यस्तै रसुवागढी हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रोलगायतको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्र बजार राताम्मे हुँदा पनि खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा






प्रतिक्रिया