

नेपाल टेलिकमको नाफा २३.५४ प्रतिशत घट्यो, बिक्री आम्दानी कति ?



नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.५४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो। बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको कारण खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.७१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३१।४६ प्रतिशत घटेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ३.१४ प्रतिशत घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने ६.२० प्रतिशत बढेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रुपैयाँ ९९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ रुपैयाँ ६९ पैसामा झरेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया