कोईलीचौर सामुदायिक वनका सहल्लाहाकार खनालद्धारा राजिनामाको घोषणा

कपिलवस्तु ।।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइलीचौर साना किसान सामुदायिक वनका सल्लाहाकार नारायण खनालले वन पदाधिकारीबाट आफु र आफ्नो परिवारमाथि लगाइएको गम्भिर आरोपको उचित छानविन र अनुसन्धानका लागि नैतिकताका आधारमा आफुले राजिनामा दिएको बताउनुभएको छ ।

वनका विषयमा केही समय अघि प्रकाशित समाचारमा वन पदाधिकारीबाटै  विनाआधार समाचरको स्रोत आफुमाथि लगाएको भन्दै उहाँले त्यसको उचित छानविन हुनुपर्ने र त्यसका लागि आफुले राजिनामा दिएर मार्ग प्रशस्त गरेको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ । लामो समय देखि सो सामुदायिक वनको विकासमा आफु र आफ्नो परिवार सहभागी हुँदै आएको भए पनि वन पदाधिकारीका केही व्यक्तिले आफ्नो अनुपस्थितिमा यस सामुदायिक वनको नेतृत्वले सार्वजनिक मञ्चबाट मात्रै होइन, विभिन्न क्षेत्रमा समेत हाम्रो परिवारको चरित्र हत्या गर्ने र बदनाम गर्ने काम भएको पाइयो । उहाँको राजिनामा पत्रमा उल्लेख छ ।
यस वनको सामुदायिक वनको नेतृत्व सँग त्यस प्रकारको सूचना हाम्रै घरबाट संप्रेषण भएको मुख्य आधार के हो ? सर्वप्रथम म हाम्रो परिवार र आम जनसमुदायका अगाडी त्यस प्रकारको प्रमाण पेश गर्न चुनौती दिन्छु । उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया

खबर सबै