

कपिलवस्तुमा कोरोना रोकथामका लागि ‘तपाईको मास्क खोई ?’ अभियान



कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तपाईको मास्क खोई अभियानको थालनी गरेको छ ।
कोरोना भाइरसको संक्रमणमा देखिएको बृद्धि संगै नेपाल प्रहरीले पुनः तपाईको मास्क खोई अभियानको शुरुवात गरेको हो । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो ।
अभियान कै क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि कार्यक्रमको शुरुवात गरिएको बताए ।
सोहि अवसरमा प्रहरी उपरिक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको बताए । अगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रहरी उपरिक्षक कार्कीले बताए ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा भएको हो । कोभीड सम्बन्धी जनचेतना मुलक प्ले कार्ड तथा कोभिड–१९ नेपाल मास्क अभियान २०७८ ९तपाईको मास्क खोई रु० माईकिङ सहितको –याली गरिएको हो । र्याली कार्यक्रम सामुदायिक प्रहरी कार्यालय अगाडी शिवालय मन्दिर देखी चौक बजार, जिल्ला प्रशासन कार्यालय चोक हुदै पुरानो हाटबजारबाट पुनः फिर्ता भई जिल्ला प्रशासन कार्यालय परिसरमा समापन गरिएको हो । अभियानकै क्रममा बजार भित्र मास्क नलगाई हिड्ने लाई मास्क वितरण गरिएका थियो । सो अवसरमा १२ सय मास्क वितरण गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक धुर्व बहादुर कार्की, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डे, बैंक तथा वित्तिय संघ संस्थाका प्रमुख लगायतको सहभागित रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया