

बुद्धभूमि जेसिजले गर्यो बुद्धभूमि क्याम्पस परिसरमा बृक्षारोपण

सुशील गैरे,
वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै बुद्धभूमि जेसिसले वृक्षारोपण कार्यक्रम गरेको छ। जेसिसले बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित बुद्धभूमि क्याम्पस परिसरको खाली स्थानमा वृक्षारोपण गरेको हो ।
कार्यक्रमका प्रमुुख अतिथि बुद्धभूमि नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले आफै पैसा संकलन गरी समाज विकासमा लाग्ने बुद्धभूमि जेसिसले समाज विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै वृक्षारोपण संगै विरुवा संरक्षणमा समेत लाग्न आग्रह गर्नु भयो ।

बुद्धभूमि जेसिसका अध्यक्ष बेदान्तमणी पोख्रेलले मानव र वृक्ष बिचको सम्बन्ध अनादिकालदेखि नै घनिष्ठ रहेको, वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचिनकालदेखि नै गर्दै आएको बताउनुभयो। उहाले प्रचारको लागि विरुवा रोप्नुभन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । दाल चिनी,असोका, जाबुन, अमला,लगायत विभिन्न किसिमका विरुवा र फूलहरु रोपिएको जानकारी दिनुभयो ।उक्त विरुवा संरक्षणका लागि क्याम्पस व्यवस्थापन समितिलाई संरक्षणको जिम्मा दिइएको पोख्रेलले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने,बुद्धभूमि जेसिसका पूर्व अध्यक्ष बिष्णु भुसाल , वर्तमान अध्यक्ष बेदान्तमणी पोख्रेल,कार्यकारी उपाध्यक्ष सुमन खड्का ,बाबुराम घिमिरे कोषाध्यक्ष प्रजल पौडेल उपाध्यक्ष प्रकाश श्रीपाली महासचिव रुपक खनाल लगाएतको उपस्थिती रहेको थियो ।




खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया