बाणगंगा ८ स्थित जनसेवा आधारभूत विद्यालयमा बृक्षरोपण

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा आज वृक्षरोपण गरिएको छ । विद्यालय परिसरमा विभिन्न प्रजातिका ५० भन्दा बढी विरुवाहरु रोपिएको प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

कोरोना महामारीका कारण विद्यालयको नियमित पठनपाठन हुन नसकिरहेका बेला विदालयको प्रशासनिक कामकाज सँगै विद्यालय सुन्दरीकरणको काम पनि जारी राखिएको उहाँले बताउनुभयो । वर्षायामका बेला अन्य क्षेत्रमा पनि वृक्षरोपण भए अनुसार विद्यालयको खाली जमिनमा आँप र लिचीका विरुवा रोपिएको हो ।

विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागितामा आँप र लिचिका विरुवा रोपिएको विद्यालयले जनाएको छ । सो विरुवाहरुबाट उत्पादन हुने फलबाट आर्थिक आम्दानीको स्रोत पनि बनाउन सकिने विद्यालयको विश्वास रहेको छ ।

प्रतिक्रिया

खबर सबै