

बीरगंज भन्सारको लक्ष्यमा कमी



बीरगंज
श्रावण बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७÷२०७८ को एक बर्षमा लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । भन्सार कार्यालयले गत आर्थिक बर्षको एक बर्षमा सरकारले दिएको लक्ष्य भन्दा ७१ करोड ४ लाख ४४ हजार कम राजश्व असुली गरेको हो ।
नेपाल सरकारले गत आर्थिक बर्ष २०७७-२०७८ को एक बर्षमा १ खर्व ७० अर्व ७६ करोड ५१ लख ४५ हजार लक्ष्य दिएकोमा बीरगंज भन्सार कार्यालयले १ खर्व ७० अर्व ५ करोड ४७ लाख १ हजार ?पैया मात्र राजश्व असुली गरेको छ । त्यसैगरी सरकारले बीरगंज भन्सार कार्यालयलाई भन्सार महसुल तर्फ ६५ अर्व ३४ करोड ९९ लाख ९० हजार राजश्व असुली गर्न लक्ष्य दिएकोमा ६४ अर्व ८२ करोड ७९ लाख ३ हजार ४ सय ४७ रुपैया मात्र असुली गरेको छ भने त्यसैगरी मुल्य अभिबृद्धी कर तर्फ ७१ अर्व १६ करोड ८९ लाख ६६ हजार राजश्व असुलीको लक्ष्य दिएकोमा ६१ अर्व ६० करोड ५० लाख १२ हजार १ सय ८४ रुपैया मात्र असुली गरेको छ भने त्यसैगरी अन्तशुल्क तर्फ २२ अर्व ४७ करोड ४८ लाख ८८ हजार ?पैया राजश्व असुलीको लक्ष्य दिएकोमा १८ अर्व ८५ करोड ४० लाख ७८ हजार ३ सय १२ रुपैया मात्र राजश्व असुली गरेको बीरगंज भन्सारका सुचना अधिकारी सुमित गुप्ताले बताएकाछन ।
त्यसैगरी बीरगंज भन्सार कार्यालयले पुर्वाधारकर तर्फ १० अर्व ३८ करोड २२ लाख ७१ ह्जार ?पैया असुली गरेको छ भने कृषी सुधार शुल्क कर तर्फ ११ अर्व ३९ करोड २४ लाख ४ हजार राजश्व असुली गरेको छ भने भन्सार निर्यात तर्फ ६ करोड ६६ लाख ७१ ह्जार ?पैया राजश्व असुली गरेको छ भने अन्य शिर्षकबाट १८ करोड २६ लाख २३ हजार ?पैया भन्सार राजश्व असुली गरेको छ । त्यसैगरी बीरगंज भन्सार कार्यालयले सब भन्दा बढी भन्सार राजश्व पेटोलियम पदार्थ, ठूला तथा साना सवारी साधन बस ट्रकका चेचिस, हवाई ईन्धन लगायतका सामानह?बाट सब भन्दा भन्सार राजश्व असुली गरेको सुचना अधिकारी गुप्ताले जनाएकाछन ।
बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७-२०७८ को एक बर्षमा ९९ प्वाईन्ट ६ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको गुप्ता बताउछन


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया