

इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच सम्झौता



काठमाण्डौँ
डिजिटल रेमिट्यान्सको क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ ।
कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स पठाउन सकिन्छ । मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।
कुवेत इण्डिया इन्टरनेशनल एक्सचेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रिय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ । वर्षौंदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडी बढेको छ ।
इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया