

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको एक वर्ष : ३५ प्रतिशत काम, ५२ करोड खर्च, १४ करोड ऋण


काठमाडौं
चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको बताइएको छ ।
चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अन्तरगत संरचनाको काम सुरु भएको शुक्रबार १ वर्ष पूरा भएको हो । गत वर्ष श्रावण १ गतेदेखि जग हाल्न सुरु गर्दै कंक्रिट ढलानको काम शुभारम्भ गरिएको थियो ।
रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ, त्यस्तै टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ । मैदानमा दुबो रोप्ने काम सकिएसँगै मैदानको ९५ प्रतिशत काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनका परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया