

घोराही उपमहानगरपालिकाले घर-घरबाट किन्न थाल्याे फोहर

दाङ
दाङको घोराही उपमहानगरपालिकाले घर-घरबाट फोहर किन्न गर्न थालेको छ । गल्ने फोहरबाट ग्यास र मल उत्पादन गर्नका लागि र नगल्ने फोहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने उद्देश्यअनुसार उपमहानगरपालिकाले शुक्रवारदेखि नगरवासीको घरघरमा पुगेर फोहर किन्न सुरु गरेको हो । गल्ने फोहरबाट ग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुर्याएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

फोहर सङ्कलनबारे केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले शुक्रवारदेखि नागरिकहरुको घरमै पुगेर फोहर खरिद गर्न थालेको छ । घोराही उपमहानगरपालिका वडा न १४ नयाँ बसपार्कबाट नगर प्रमुख नरुलाल चौधरी, सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, नगरका प्रवक्ता भरत अर्याल, शाखा प्रमुख लक्ष्मण अधिकारीको उपस्थितिमा फोहर किनेर अभियानको थालनी गर्नु भएको छ ।
उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति किलो ५ रुपैयाँ, सूर्ती जन्य प्लाष्टिकको फोहर प्रति किलो २ रुपैयाँ, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।
यसरी खरिद गरिएको गल्ने फोहरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । दैनिक उत्पादन हुने फोहरको व्यवस्थापनमा सहजता ल्याउन र खेर जानबाट बचाउनका लागि यो अभियानको थालनी गरिएको उहाँको भनाइ छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया