

फेरी बढ्याे इन्धनको मूल्य



‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले जुलाई १ मा पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने देखिन्छ । तसर्थ, स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरेका छौं,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम गरेका छौं ।’
यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ रुपैयाँ कायम गरेको जनाएको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया