

आन्तरिक उडान खुलेको पहिलो दिनमै ८५ प्रतिशत बुकिङ


काठमाडौं
वैशाखदेखि बन्द भएर आज खुलेको आन्तरिक उडानमा सरकारले तोकेको उडान संख्या भरिन थालेका छन्।
सरकारले पचास प्रतिशत उडान संख्यामात्र खोल्ने निर्णय गरेको थियो। सोहीअनुसार आजदेखि सुरु भएको उडानमा ८० प्रतिशतभन्दा बढी बुकिङ भएको एयरलाइन्सहरुले जानकारी दिएका छन्।
यसरी बुकिङ बढ्दै गएमा एक/दुई दिनभित्रै तोकिएका उडान भरिने र भाडा बढ्नसक्ने एयरलाइन्सहरुले चेतावनी दिएका छन्।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बुद्ध एयरका ३ हजार ८ सय सिटमध्ये ३ हजार ५ सय बुकिङ भएको छ।
‘यात्रुहरुको उत्साह देखिएको छ। मान्छेमा सुरक्षित यात्रा हुन्छ भन्ने विश्वासले नै हुनुपर्छ अघिल्लो वर्षको लकडाउनपछि खुलेको उडानको तुलनामा यो पटक राम्रो देखिएको छ’ उनले भने। बुद्ध एयरले दिनमा ३१ उडान गर्ने स्वीकृति पाएको छ।
काठमाडौंबाट जाने भन्दा आउने यात्रुको संख्यामा चाप धेरै देखिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। दिनमा १० उडानको अनुमति पाएको श्रीको आजको उडानमा ८० प्रतिशत बुकिङ भएको छ।
न्यूनतम सिलिङभन्दा माथिकै भाडामा पनि ८५ प्रतिशतको बुकिङ आउनु भनेको अबका दिनमा यात्रुको संख्या बढ्ने संकेत देखिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ।
दिनमा १५ उडानको अनुमति पाएको यतीका कतिपय गन्तव्यमा हिजो नै बुकिङ सकिएको र आज टिकट नै नपाउने अवस्था रहेको उनले जानकारी दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरले दिनमा ६७ सम्म उडान गर्नेगरी तालिका स्वीकृत गरेको छ। पचास प्रतिशत क्षमतामा उडान सञ्चालन गर्ने निर्णयअनुसार दिइएको यो स्वीकृतिअनुसार प्रत्येक घण्टामा सात आन्तरिक उडान हुने छन्।
सबैभन्दा बढी उडान बुद्ध एयरका दिनमा ३१ हुनेछन् त्यस्तै यतिका १५ र श्रीका १० उडान हुने छन्।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया