मानवअधिकार समूहले बुझायो बुद्धभूमि नगरपालिकामा ध्यानाकर्षण पत्र

कपिलबस्तु ।

बुद्धभुमि नगर स्तरिय मानव अधिकार समुहले बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठलाई ध्यानाअर्षण पत्र बुझाईएको छ । ईन्सेक , बुद्धभुमि नगर स्तरिय मानव अधिकार समुहका अध्यक्षको संयोजकत्वमा समुहका पदाधिकारीहरुको समुहले ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिड १९ विरुद्धको खोप सम्पुर्ण स्थानिय जनताले लगाउन पाउने सुनिश्चितताको अविलम्ब व्यवस्था गर्न , स्थानियतहका प्राबि र निमाबिका केही शिक्षकहरु कोरोनाको खोपबाट बञ्चित भएको हुँदा तुरुन्त खोपको ब्यबस्था गरियोस र दैनिक ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने परिवारका लागि तत्काल स्थानियतहले राहतको ब्यबस्था गरियोस भन्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले आक्रान्त मच्चाई रहँदा स्थानियतहमा अक्सिजनको अभाव र निर्माण भएका आईसोलेसन सेन्टरमा दक्ष जनशक्ती नहुँदा जिल्ला तथा लुम्बिनी प्रादेशिक अस्पत्तालमा समेत बेड खाली नहुँदा यस स्थानियतहका कैयो जना ब्यक्तीले कोरोनाका कारण ज्यान गुमाए । अक्सिजनको अभावले बाँच्न सक्ने सङ्क्रमितहरुलाई समेत उचित व्यवस्था तथा हेरविचार गर्न नसकेर बचाउन नसकेको समेत ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।

कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले थपगर्दै गरेको निषेध आदेशका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने व्यक्ति र बर्गलाई थप सङ्कट उत्पन्न भएको छ । निषेध आदेशका क्रममा तीनै तहका सरकारले कोभिड नियन्त्रण र नियन्त्रणका लागि गर्नु पर्ने कार्यहरु प्रभावकारी रुपमा गर्न नसकेको जनगुनासो बढदो अवस्थामा आएपछि स्थानियतहलाई ध्यानाकर्षण गराईएको हो

ग्रामिण तहमा अहिले पनि कोभिडको लक्षण भएका रुघाखोकी र ज्वोरोका बिरामीहरु प्रसस्त मात्रामा रहेको भएपनि उनीहरुको चेकजाँच हुन सकेको छैन् । नगरपालिकामा पीसीआर तथा एन्टिजीन किटको व्यवस्था गरी परीक्षणको दायरा बढाउन , .दिर्घरोगीहरुलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपुर्ति गरियोस , जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, महिलाहरुकोे स्वास्थ्य र सुरक्षाको बिशेष पहल स्थानीयबाट गरियोस भन्ने ध्यानाकर्षणमा उल्लेख गरिएको छ ।

यसैगरी निषेध आदेशका क्रममा उपभोग्य बस्तुको मूल्य अत्याधिक मात्रामा बृद्धि भएको र कालोबजारी बढदै गएकोले उपभोक्ताहरु थपमारमा परेको पाइएकोले प्रभावकारी बजार अनुगमन तथा उपभोक्ताहरुको आधारभूत आवश्यकताको परिपूर्तिको लागि स्थानीय सरकारहरुबाट उचित प्रवन्ध मिलाइयोस् ,नेपालको संम्बिधानमा उल्लेख भए अनुसार आम नागरिकको स्वास्थ्य सम्बन्धी हकका साथै बाँच्नपाउने अधिकारको सुनिश्चित गरियोस् ।

विभिन्न क्षेत्र बाट बालबालिकाहरु लाई आतंकितपार्नेगरी कोभिडको तेश्रो लहर वारे आयका समाचारहरुको वैधता यकिन गरि परामर्श जन्य कार्यक्रमहरु सघन रुपमा सञ्चालन गर्न, कोभिडको कारण भौतिक उपस्थितिमा हुन नसकेको पठन पाठन कार्यलाई विभिन्न वैकल्पिक विधिहरुको प्रयोग गरि पठन पाठन र मूल्यांकनका विधिहरुमा समेत परिवर्तन स्थानियतहले पहल गरियोस लगाएतका बिषयहरुमा ध्यानाकर्षण गराईएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मेयर केशव कुमार श्रेष्ठले प्रदेश र स्थानियतहले मात्र चाहेर नहुने भएको हुँदा राज्यले समयमा नै कोभिडको खोपको ब्यबस्था गरिदिए स्थानियतहले सममा नै त्यसलाई ब्यबस्थापन गर्न ढिलाई नगर्ने बताए । नगर स्तरिय मानव अधिकार समुहको तर्फबाट आएको ध्यानाकर्षण पत्रलाई समयमा नै सम्बन्धित ठाउँमा संबोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

खबर सबै