

सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुद्वरा स्वास्थ्य सुरक्षाका सामग्री प्रदान ….



सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अन्य ६ जिल्ला रुपन्देही ,बाके ,बर्दिया , दाङ ,पश्चिम नवलपरासीका गरि ५९ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको हो । कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा समुदाय स्तरमा खेलेको भूमिकालाई सम्मान गर्दै थप अझ समुदाय स्तरमा सेवा प्रबाह गर्न सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको हो । स्वास्थ्य सामाग्री स्वारुप मास्क ,सेनिटाईजर ,साबुन ,फेस शिल्ड र पोषण संग सम्बन्धि सचेताना सामाग्रीहरु वितरण गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बताउनुभएको छ । सम्बन्धित पालिकामा रहेका स्वास्थ्य शाखा संग सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो । कोरोना महामारीका बेला महिला स्वास्थ्य स्वयमसेविकाहरु निरन्तर आफ्नो भुमिका निर्वाह गरिहेका छन् । स्वयमसेविकाहरुको हौसला बढाउने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो । यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालित कोरोना प्रतिकार्य योजना कार्यक्रम अन्तगर्त प्रदेशका बिभिन्न जिल्लामा यस्ता खालका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै गईरहेको संस्थाका कार्यक्रम अधिकृत अजय चौधरीले बताउनुभएको छ । यता स्वास्थ्य सामाग्री पाएपछि यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक केन्द्रलाई धन्यावद दिदै महामारीको समयमा स्वास्थ सामाग्री पाएपछि थप राहत मिलेको महिला स्वास्थ्य स्वयमसेविकाहरुले प्रतिक्रिया दिएका छन ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया