

बाणगंगा ७ मा ७० वटा योजना चालु आर्थिक वर्षमा सम्पन्न



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले आज आर्थिक वर्ष २०७७/०७८को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
वडाका विकास निर्माणका योजनाहरु र बजेटका सम्बन्धमा सार्वजनिक सुनिुवाई सम्पन्न गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । चालु आर्थिक वषंमा वडामा जम्मा जम्मि ७० वटा योजना सम्पन्न भएका र नगरपालिकामै सबैभन्दा छिटो योजना पनि सम्पन्न गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।
सतप्रतिशत योजना सम्पन्न गरिएको भन्दै वडा अध्यक्ष गिरीले नगरपालिकामै वडा नम्बर ७ विकासका हिसाबले फरक ढङगले उपस्थित भएको पनि बताउनुभएको छ । चालु आथिक वर्षको अन्त्य सम्म आईपुग्दा वडा नम्बर ७ मा वडा स्तरका ५८ वटा योजना सम्पन्न भएका छन भने नगर स्तरका ५ वटा, प्रदेश स्तरका ३ वटा, राष्ट्रपति चुरे संरक्षणका २ वटा र केन्द्र स्तरका एउटा योजना सम्पन्न भएका हुन । सम्पन्न योजनाहरुको लागि वडा स्तरको ८७ लाख ५१ हजार, नगर स्तरका योजनाको ७९ लाख, प्रदेश स्तरको ४० लाख, राष्टपति चुरे संरक्षणको ६३ लाख र केन्द्रको योजनाका लागि १० लाख गरी कुल २ करोड ९७ लाख ५१ हजार बजेटका योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ७ ले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वडाको सिलिङमा ९१ लाख ९६ हजार ६ सय ९८ बराबरको रहेको बजेट नगरसभामा प्रस्ताव गरेको छ भने आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि सहित लक्ष्ति वर्गका कार्यक्रमका लागि ३१ लाख र भौतिक पूर्वाधारमा ६० लाख ९६ हजार बजेट प्रस्ताव गरेको छ ।
आज सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष विष्ष्णु गिरीको अध्यक्षता तथा नगर उप प्रमूख चक्रपाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि शेषकान्त बेल्वासे , नेकपा एमालेका प्रताप गिरी सहित टोलविकास संस्थाका पदाधिकारीहरु,विद्यालयका प्रधानाध्यापक, व्यवस्थपान समितिका अध्यक्षहरु, वडा भित्रका संघसंस्थाका प्रमूखहरु जनप्रतिनिधि तथा कर्मचारीहरु लगाएको आतिथ्यता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया