

प्यान लिनेको सङ्ख्या ४० लाख नाघ्यो



काठमाण्डाै
नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४० लाख नाघेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनासम्म प्यान लिनेको सङ्ख्या ४० लाख ४३ हजार सात सय पुगेको छ । यी मध्ये १५ लाख ९३ हजार व्यावसायिक प्यान, २४ लाख ४१ हजार व्यक्तिगत र नौ हजार एक सय प्यान कर कट्टी गर्ने निकायले लिएको प्यान रहेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख अर्थात १० महिनामा सात लाख ६ हजार नयाँ प्यान जारी भएका छन् । गएको वर्षको असारसम्म ३३ लाख ३७ हजार प्यान जारी भएकोमा अहिले ४० लाख नाघेको छ । यस्तै मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता हुनेको सङ्ख्या पनि दुई लाख ८८ हजार पुगेको छ।
यो आर्थिक वर्षको १० महिनामा भ्याटमा दर्ता हुनेको सङ्ख्या ३२ हजार रहेको छ । यस्तै अन्तःशुल्कतर्फ एक लाख ११ हजार दर्ता भएका छन् । साउनदेखि वैशाखसम्म थप १७ हजार एक सय जना अन्तःशुल्कमा दर्ता भएका छन् । सरकारले सबै कारोबारीलाई करको दायरामा ल्याउन भन्दै प्यान, भ्याट र अन्तःशुल्कमा दर्ता गराउने कामलाई तीव्रता दिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया