

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या

दाङ ।
दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं। ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् । घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरि सख्त घाइते बताएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । बन्चरो प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया