

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या



दाङ ।
दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं। ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् । घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरि सख्त घाइते बताएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए । बन्चरो प्रहार गर्ने चौधरीलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया