

नेपाल वायुसेवा निगम डेढ अर्ब फाइदामा


काठमाडौं
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।
निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।
हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो ।
विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया