लुम्बिनी प्रदेश : मंगलबार जेष्ठ २५ गते नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

रुपन्देही
लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताएका छन् ।

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने स्रोतले बताएको छ ।
लुम्बिनी प्रदेश सरकारको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ । मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप भएको छ ।

लुम्बिनी प्रदेशमा दोस्रो भेरियन्ट आएपछि १०–१० करोड गरी २० करोड रकम भईसकेको छ ।

प्रतिक्रिया

खबर सबै