

नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान



काठमाडौं
सेयर बजारको दोस्रो बजारमा आइतबार नेप्से सूचक र खरिद–बिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ । नेप्से हालसम्मकै उच्च बिन्दु २९ सयको बिन्दु पार गर्दै अलटाइम हाइ रेकर्ड बनाई बजारमा १७ अर्ब २७ करोड बढीको कारोबार भएको हो । यसअघि गत जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार नेप्से सूचक पनि ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ । यसका साथै वाणिज्य बैंकसँगै अरू समूहमा पनि मूल्य बढ्ने र करेक्सन आउने क्रम जारी छ ।
आइतबार कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ ।
दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।
नेप्से सूचक ५० दशमलव १३ अंक बढेर २ हजार ९०६ दशमलव ८९ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस दिन २ सय १८ कम्पनीको १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँबराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर कारोबार भएका छन् ।
आइतबारको कारोबार रकम र सूचक दुवैमा नयाँ कीर्तिमान कायम गरेको बजारमा बैंक, अन्य र लगानी क्षेत्रमा रौनकता देखिएको छ । लामो समयदेखि बैंकहरूको मूल्य वृद्धि हुन नसकेको बजारमा आइतबार लगानीकर्ताको ध्यान मोडिएको छ । बैंक तथा वित्तीय समूहहरूमा चमक आउन थालेसँगै सेयर कारोबार रकममा थप तेजी आएको हो ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया