

बुढाथोकी र कार्कीको आर्थिक सहयोगमा भर्तापुरका विपन्न परिवारलाई राहत वितरण



राजेन्द्र खनाल
भलवाड, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित भर्तापुरका युवाहरुले विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेका छन् ।
रोजगारीको शिलशिलामा वैदेशिक रोजगारीमा रहेका भर्तापुरका दुई जना युवाहरु ताराबहादुर बुढाथोकी र झविन कार्कीको आर्थिक सहयोगमा भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवको माध्यमबाट सो राहत वितरण गरिएको हो ।
कोरोना महामारिका कारण जारी निषेधाज्ञाका बेला आर्थिक अभावका कारण दैनिक दुई छाक जोहो गर्न समेत मुस्किलमा परेका ११ परिवारलाई खाद्यान्न स्वरुप एकएक बोरा चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गरिएको छ भने एक जना विपन्न एकल महिला र एक जना पिडित परिवारका सदस्यको स्वास्थ्य उपचारका लागि नगद आर्थिक सहयोग गरिएको प्रयास सामाजिक युवा क्लवले जनाएको छ । उनीहरु दुबै जनालाई नगद २५/२५ सय रुपैयाँ प्रदान गरिएको हो ।
बैदेशिक रोजगारका शिलशिलामा क्यानडामा रहनुभएका क्लवका सदस्य ताराबहादुर बुढाथोकिले रु. २० हजार सहयोग गर्नुभएको थियो भने दुबैमा रहनुभएका क्वलका अर्का सदस्य झविन कार्कीले राहत वितरणका लागि भन्दै रु. १० हजार रुपैँया प्रदान गर्नुभएको थियो । क्लवका दुबैजना सदस्यहरुको आर्थिक सहयोगबाट भर्तापुरका १३ परिवारले पछिल्लोपटक राहत पाएका छन भने यस अघि पनि क्लवको माध्यमबाट बैदेशिक रोजगारीमा रहेका युवाहरुले राहत सहयोग प्रदान गरेका थिए ।
कोरोनाका कारण घरमै खुम्चनुपरेको अवस्थामा दैनिक रोजगारी गुमाएका र दैनिक खाद्यान्नको अभाव झेलिरहेका विपन्न परिवारलाई अहिले भर्तापुरका युवाहरुले सहयोग गरिरहेका छन् ।
कोरोना महामारीका कारण सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको थियो । वितरणका लागि प्रयास सामाजिक युवा क्लवका संस्थापक तथा शैक्षिक व्यक्तित्व नेत्र बुढाथोकी, क्लवका अध्यक्ष हिमु खनाल, कोषाध्यक्ष विष्णु पाण्डे, सँगै पुर्व कोषाध्यक्ष विनोद पुन, सदस्यहरु मोहन क्षेत्री, कृष्ण खनाल लगाएतको उपस्थिति रहेको थियो ।
युवाहरुको माध्यबाट कोरोना कहरका बेला राहत पाउँदा खुसी लागेको नागरिकहरुले बताएका छन् । उनीहरुले विदेशमा रहेर पनि गाउँका नागरिकको पिडा कम गर्न सहयोग गर्ने युवाहरुलाई पनि धन्यवाद दिएका छन् ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया