

कपिलबस्तुका १० स्थानीय तहलाइ संघीय सरकारको ४ अर्ब ६० करोड ७९ लाख बजेट,



कपिलवस्तु
कपिलबस्तुका १० स्थानीय तहलाइ संघीय सरकारको ४ अर्ब ६० करोड ७९ लाख बजेट गतबर्ष भन्दा कपिलबस्तुमा ७ प्रतिशत बजेट बृद्धि आर्थिक वर्ष २०७८÷०७९ का लागि संघीय सरकारले कपिलबस्तुका दश स्थानीय तहका लागी ४ अर्ब ६० करोड ७९ लाख बजेट बिनियोजित गरेको छ ।
अध्यादेश मार्फत सरकारले कपिलबस्तुका लागि विनियोजन गरेको यो वजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो । कुल बजेट अनुदान अन्र्तगत चालुतर्फ ४ अर्व १९ करोड ३० लाख बिनियोजित छ भने पूंजीगत तर्फ ४१ करोड ४९ लाख मात्र बिनियोजन गरिएको छ ।
सरकारले कपिलबस्तुका लागी समपूरक अनुदान (पूजीगत )तर्फ ७ करोड ९१ लाख, बिशेष अनुदान अन्र्तगत पूंजीगत तर्फ ९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ । यसैगरि सशर्त अनुदान तर्फ चालु २ अर्ब ५६ करोड ८५ लाख र पूंजीगत २४ करोड ६ लाख गरि कुल २ अर्व ८० करोड ९१ लाख बिनियोजन गरिएको छ । कपिलबस्तुमा गतबर्ष ४ अर्ब २७ करोड ३२ लाख बजेट संघीय सरकारले प्रदान गरेको थियो । जिल्लाका सबै स्थानीय तहमा विनियोजित बजेट अनुसार समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर सो वजेट विनियोजन भएको हो । यसैगरि अहिले कार्यसम्पादनका आधारमा समेत प्राथमिकताको आधारमा बजेट बिनियोजन समेत गरि सरकारले नयाँ प्रावधान तयार पारेको छ ।
सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलद्धारा जेष्ठ १५ मा जारी बजेटमा न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित अनुदान गरि समानिकरण अनुदानलाई प्राथमिकता दिई बजेट बिनियोजन गरिएको छ । जसअनुरुप समानीकरण अनुदान अन्र्तगत १ अर्ब ६२ करोड ४५ लाख कपिलबस्तुका लागी बिनियोजित छ । न्यूनतम अनुदान ३७ करोड ७५ लाख, सुत्रमा आधारित अनुदान १ अर्ब २० करोड २६ लाख र कार्यसम्पादनमा आधारित अनुदान तर्फ ४ करोड ४० लाख बजेट अनुदानको बिनियोजन भएको छ ।
कपिलबस्तुका छ नगरपालिका मध्ये सवैभन्दा धेरै बाणगंगा नगरपालिकालाई ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ, जहाँ ५७ करोड ८४ लाख चालू खर्च र ५ करोड ८२ लाख पुजिगत खर्चका लागि बजेट कायम छ । भने चार गाउँपालिका मध्ये मायादेबी गाउँपालिकालाई ३९ करोड ९४ लाख रुपैयाँ विनियोजित गरेको छ । यस्मा पनि चालुतर्फ ३६ करोड ४२ लाख रुपैयाँ छ भने पुजिगत तर्फ ३ करोड ५२ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै नगरपालिकामा सवैभन्दा कम महाराजगंज नगरपालिकालाई ४४ करोड ४ लाख रुपैयाँ विनियोजित भएको छ । महाराजगन्जमा बिनियोजित बजेट मध्ये चालुतर्फ ४१ करोड ७४ लाख र पुजिगततर्फ २ करोड ३० लाख बिनियोजित छ । यस्तै गाउँपालिका तर्फ सबैभन्दा कम यशोधरा गाउँपालिकालाई ३१ करोड २९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । यशोधरामा चालुतर्फ ३० करोड १४ लाख र पुजिगत तर्फ १ करोड १५ लाख बजेट बिनियोजन गरिएको छ । विनियोजित वजेट अनुसार आगामी आर्थिक वर्षका लागि कपिलबस्तु नगरपालिकामा ५५ करोड ४२ लाख (चालुतर्फ ५१ करोड ८६ लाख र पुजिगत तर्फ ३ करोड ५६ लाख), कृष्णनगर नगरपालिकामा ४५ करोड ५८ लाख (चालुतर्फ ४१ करोड २६ लाख, पुजिगत तर्फ ४ करोड ३२ लाख) , बुद्धभूमि नगरपालिकामा ५९ करोड ६७ लाख (चालुतर्फ ५१ करोड ६४ लाख र पुजिगत तर्फ ८ करोड ३ लाख) र शिवराज नगरपालिकामा ५१ करोड ४८ लाख (चालुतर्फ ४८ करोड १४ लाख र पुजिगत तर्फ ३ करोड ३४ लाख) रुपैयाँ विनियोजन भएको हो । यस्तै गाउँपालिका तर्फ बिजयनगर गाउँपालिकामा ३६ करोड ५० लाख (चालुतर्फ २९ करोड ७६ लाख, पुजिगत ६ करोड ७४ लाख) र शुद्घोधन गाउँपालिकामा ३३ करोड २१ लाख (चालुतर्फ ३० करोड ५० लाख र पुजिगत २ करोड ७१ लाख)रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरि अहिले प्रस्तुत बजेट मार्फत आगामी आर्थिक बर्षका लागी बिशेष अनुदानबाट महाराजगंज नगरपालिका बञ्चित रहेको छ । चारवटा गाउपालिका मध्ये बिजयनगर गाउपालिकाले मात्र बिशेष अनुदान प्राप्त गर्न सफल भएको छ । गणतन्त्र स्थापनापछि अध्यादेश मार्फत आएको यो बजेट छैठौं हो तर नेपालको संबिधान २०७२ जारी भएपछि अध्यादेश मार्फत आएको आउने यो बजेट पहिलो हो । कार्यसम्पादनमा अब्बल चार पालिका । सरकारले आगामी आर्थिक बर्षका लागी बिनियोजित बजेटमा कपिलबस्तुका चार स्थानीय तह उत्कृष्ट भई कार्यसम्पादनको आधारमा बजेट समेत प्राप्त गरेका छन् । कार्यसम्पादनमा नगरपालिका तर्फ बाणगंगा र शिवराज नगरपालिका उत्कृष्ट भएका छन् ।
कार्यसम्पादनमा आधारित समानीकरण अनुदानतर्फ बाणगंगा र शिवराज नगरपालिकाले समान ४९ लाख प्राप्त गरेका छन् । कृष्णनगर र महाराजगंज नगरपालिकाले समान ४८ लाख अनुदान पाउदा बुद्घभूमि नगरपालिकाले ३५ लाख अनुदान पाएका छन् ।
यसैगरि नगरपालिका अन्र्तगत कार्यसम्पादन कमजोर हुने नगरपालिकामा कपिलबस्तु नगरपालिकाले ३४ लाख प्राप्त गरेको छ । गाउपालिका तर्फ भने मायादेवी गाउपालिका र बिजयनगर गाउपालिका अब्बल साबित भएका छन् । उनीहरुले समान ४९ लाख प्राप्त गर्दा यशोधराले ४८ लाख पाएको छ । शुद्धोधन गाउपालिकाको कार्यसम्पादन फितलो रहेको पाइएको छ ।
शुद्धोधनले कार्यसम्पादनमा आधारित समानीकरण अनुदानतर्फ ३५ लाख मात्र प्राप्त गरेको छ । समपूरक अनुदान पाउने बुद्धभूमि र बिजयनगर कपिलबस्तुका १० स्थानीय तह मध्ये समपूरक अनुदान प्राप्त गर्ने पालिका दुइवटा मात्र परेका छन् । जसअन्र्तगत बुद्घभूमि नगरपालिका र बिजयनगर गाउपालिका परेका छन् । बुद्घभूमि नगरपालिकाले ४ करोड १५ लाख र बिजयनगर गाउपालिकाले १ करोड ३९ लाख प्राप्त गर्न सफल भएका छन् ।


प्रतिक्रिया