

राजनीतिक स्वार्थ पूरा गर्ने प्रचारमुखी बजेट : पूर्वअर्थमन्त्री डा. महत



काठमाडौं
पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न मूल लक्ष्य राखेर ल्याएको टिप्पणी गरेका छन् । नेता महतले बजेटमा समावेश विषय बस्तुहरुको विरोध गर्नुपर्ने नभएपनि यो बजेट कार्यान्वयन हुन कठिन रहेको बताए ।
‘यो बजेटमा एक वर्षमा कुनकुन कार्यक्रम सम्पन्न हुने भनेर पनि तोकिएको छैन । यो प्रचारात्मक बजेट छ । यो तुरुन्तै लागु पनि हुँदैन’, महतले रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘राजनीतिक स्वार्थपूर्तिको मुल लक्ष्य राखेर बजेट ल्याइएको छ । लोक रिझाइ खालको बजेट आएको छ । मुखले भनेपनि तुरुन्त कार्यान्वयन गर्न सजिलो छैन ।’
उनले यसरी बजेट ल्याउनु कुनै हालतमा प्रजातान्त्रिक पद्दति अनुसार नहुने भन्दै आफुहरुले दिएको सुझाव नसुनेर राजनीतिक स्वार्थ पुरा गर्न बजेट ल्याएको दावी गरे । ‘हामी पूर्वअर्थमन्त्री, पुर्व योजना आयोगका उपाध्यक्ष मात्रै होइन पूर्व सचिवले पनि पूर्ण बजेट नल्याउ भनेको तर सरकारले सुनेन । करका दरमा छुट दिने, व्यापारीहरूलाई छुट दिने भनेको छ । यो कुरो केन्द्रीय सरकारले पेश गर्नेमा मात्रै होइन, प्रदेश सरकारले गर्ने कामको समेत घोषणा गरेको छ’, महतको भनाइ छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया