

यास नामक चक्रवातको असरका कारण आउँदो शनिबारसम्म नै मौसम यस्तो रहने

जेठ १२, २०७८ बुधबार
काठमाण्डाै – नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ । चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी परिरहेको छ । गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ काे केही ठाउँमा भने आज ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षासँगै उच्च बेगको हावाहुरी समेत चल्ने सम्भावना रहेकोले केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन मौसमविद्को सुझाव छ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने छ ।
प्रदेश १ को केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ भने अन्य वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने छ । यस्तै, पर्सि शुक्रबार भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
यस्तै पर्सि तराईका जिल्लाहरुमा उच्च बेगको हावाहुरीसहित ठूलो वर्षा हुने हुँदा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले आउँदो शनिबारसम्म नै मौसम यस्तै रहने बताएका छन् ।


खबर सबै
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ









प्रतिक्रिया