जसपा कपिलवस्तुका नेता सिँहको निधनको शोकमा जसपा कपिलवस्तुद्धारा समवेदना प्रकट

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका उपाध्यक्ष अजित कुमार सिँहका भाई विनोद कुमार सिँहको निधन भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ भलबारी निवासी सिँहको ४२ वर्षको उमेरमा बैशाख ३० गते भएको निधन प्रति दुःख प्रकट गर्दै जसपा कपिलवस्तुले एक शोक बक्तव्य जारी गरेको छ ।
जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवद्धारा जारी वक्तव्य मार्फत जसपाले मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली प्रकट गरेको छ ।
यस कठिन घडीमा शोकलाई सहन गर्ने शक्ति प्रदान गर्न भगवान सँग प्रार्थना गर्दै स्वर्गीय सिँहको परिवारमा भएको अपूरणिय क्षति प्रति गहिरो दुःख व्यक्त गरिएको जारी समवेदना वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

खबर सबै