

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर बढ्ने अनुमान


आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा सबै प्रदेशको गार्हस्थ्य उत्पादन बढ्ने देखिएको हो ।
विभागले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १५ दिनसम्म मात्रै रहने अनुमानका आधारमा प्रदेशगत अर्थतन्त्रको प्रक्षेपण गरेको जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धिदर लुम्बिनी प्रदेशको रहने प्रक्षेपण छ । गत आर्थिक वर्ष १.८ प्रतिशतले ऋणात्मक रहेको लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बढेर कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्ष पाँच खर्ब ९६ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।
लुम्बिनीपछि बागमती, प्रदेश १, प्रदेश २, गण्डकी र कर्णालीको समान ३.६ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । विभागका अनुसार यो वृद्धिदरले चालू आर्थिक वर्ष बागमतीको अर्थतन्त्रको आकार १६ खर्ब आठ अर्ब, प्रदेश १ को छ खर्ब ६४ अर्ब, प्रदेश २ को पाँच खर्ब ६२ अर्ब र कर्णालीको एक खर्ब ७२ करोड रुपियाँ रहने प्रक्षेपण गरिएको छ ।
सबभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको रहने प्रक्षेपण विभागको छ । गत आर्थिक वर्ष ०.६ प्रतिशतको झिनो वृद्धिदर हासिल गरेको यो प्रदेशले चालू आर्थिक वृद्धिदर ३.४ प्रतिशतको रहने विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया